सिद्धार्थ बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा
१२ चैत्र २०७९, आईतवार ०९:५६
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको पुष २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १२.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
बैंकले साधारण सभा प्रयोजनका लागि बुक्लोज मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा चैत ६ गतेदेखि लाभांश जम्मा गर्न सुरु गरेको हो ।