एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि चैत १३ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद लाभांश वितरण गर्दैछ । यस कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत २० गते १७ वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
यस्तै, अधिकृत पुँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेलगायतको योजना सभामा पेश हुनेछ ।