पुँजि बजारका लगानीकर्ताहरुको बनभोज सम्पन्न
काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघको आयोजनामा लगानीकर्ताहरु बीचमा आपसी एकता र परिचयात्मकका साथै भाइचारा सम्बन्ध कायम गर्ने हेतुले हिल टप गार्डेन, एण्ड रेष्टुरेन्ट, कार्यविनायक ललितपुरमा आयोजना गरेको “बनभोज कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल पुँजि बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले लगानीकर्ताको हक हितबारे छलफल गर्न र लगानीकर्ताहरुको नेतृत्व विकासलाई अनवरत रुपमा अगाडि लैजाने मेरो प्रण गरेकी छिन् । उनले आगामी दिनमा लगानीकर्ताहरुको बीचमा अझै सहकार्य आवश्यक भएको बताए ।
बनभोज कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा लक्षित गरी विभिन्न प्रदेश र जिल्लाबाट संयोजक र सह संयोजकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लगानीको वातावरण तयार पार्ने, पुँजि बजारमा विश्वव्यापी रुपमा आएको संकटबारे छलफल भएको थियो ।