छिमेक लघुवित्तका सिइओ चोलराज शर्माले कति बुझे तलव भत्ता ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं साधारण सभा सम्पन्न भएको छ । सभा मकवानपुर स्थित होटल सामनामा चैत १० गते सम्पन्न भएको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।२६ प्रतिशत नगद गरी कुल २५।२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गरेको छ ।
सभाले पारित गरेको प्रतिवेदन अनुसार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले ३१ लाख २० हजार रुपैयाँ तलव भत्ता बापत बुझेका छन् । जोशीले वार्षिक तलव वापत १० लाख ८० हजार रुपैयाँ र भत्ता वापत १८ लाख र दशैंभत्ता वापत २ लाख ४० हजार रुपैयाँ बुझेका छन् ।
कम्पनीका अन्य पदाधिकारी तथा व्यवस्थापकहरुले वार्षिक तलव र भत्ता वापत १ करोड ५६ लाख ७० हजार ७४० रुपैयाँ भुक्तानी गरेका छन् ।