छिमेक लघुवित्तको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव पारित मुख्य एजेण्डा
१० चैत्र २०७९, शुक्रबार १०:२५
काठमाडों । छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३।२६ प्रतिशत नगद गरी कुल २५।२६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
साधारण सभा सभा मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि छिमेकले फागुन २५ गतेदेखि नै बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।