उतारचढावकाबीच दोहोरो अंकले घट्यो शेयरबजार, सबै उपसूचक राताम्य
९ चैत्र २०७९, बिहीबार १५:११
काठमाडौं । उतारचढावकाबीच साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्ला केही दिनयता शेयरबजारमा १ अर्ब भन्दा माथि कारोबार उक्लिन सकेको छैन । शेयरबजारमा निरन्तर गिरावट आएसँगै लगानीकर्ताहरु निराश बन्दा कारोबार रकम समेत एक अर्बको हाराहारीमा नै सीमित हुन पुगेको हो ।
नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सबैभन्दा बढी आज ब्यापार उपसूचक ३.०५ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, माइक्रोफाइनान्स इन्डेक्स पनि १.६७ प्रतिशतले घट्न पुगेको छ ।