मकर जितुमाया सुरी हाईड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशीन गरेको आईपिओ बाँडफाँड गरेको छ । कम्पनीले चैत्र ९ गते बिक्री प्रबन्धकको कार्यालय कमलादीमा आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७ लाख ६० हजार कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १ लाख ५२ हजार कित्ता शेयर आज बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९,९९० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,५१४ आवेदकहरुलार्ई जम्मा ६,७८,६०० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने १५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्ता सम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता शेयर बाँडफाँड गरिएको छ ।