उन्नति सहकार्य लघुवित्तद्वारा साधारण सभा आह्वान
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा एशियन बुद्ध होटल, रुपन्देही (भैरहवा) मा विहान ८ बने बस्ने भएको हो ।
सभाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव रहेको छ । साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्त सम्मको वासलात र आव २०७८।७९ को नाफा नोक्सान तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्षको २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र उसको पारिश्रमिक निर्धारण गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गर्ने छ ।
यसका साथै, सभाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसँग गाभिने।गाभ्ने वा प्राप्ती गर्ने। प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सो संग सम्बन्धित आवश्यक सम्पुर्ण कार्वाहि अगाडि बढाउन संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।