भोलिदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको सानिमा रिलायन्स लाइफको सिईओ को बन्ला् ?

८ चैत्र २०७९, बुधबार २१:०९

भोलिदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको सानिमा रिलायन्स लाइफको सिईओमा नयाँ सिईओ नियुक्त हुने भएको छ । सूर्या लाइफका पूर्व सिईओ शिवनाथ पाण्डे कम्पनीको सिईओमा नियुक्त हुने भएको स्रोतले जनाएको छ ।

दुई कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओमा नियुक्त गर्ने सिफारिस गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको र भोलि नै शपथ ग्रहण गरेर उनले जिम्मेवारी दिने तयारी रहेको स्रातले जनाएको छ ।

एकिकृत कारोबारपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षतर्फ भने रिलायन्स लाइफका अध्यक्ष ताराचन्द कोडिया हुनेछन्।
त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सानिमा लाइफको तर्फबाट शिवनाथ पाण्डेले आज बीमा प्राधिकरणबाट शपथ लिँदै नयाँ नियुक्ति पनि लिने भएको स्रोतले जनाएको छ ।  शिवनाथ पाण्डे राष्ट्र बैंकका पूर्व कर्मचारी र सूर्या लाइफका पूर्व सिईओ समेत हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*