शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्य
८ चैत्र २०७९, बुधबार १५:१०
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचक राताम्य रहेका छन् । सर्वाधिक म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङको १.८७ प्रतिशतले घटेको छ ।