एशियन हाइड्रोपावरको आइपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
८ चैत्र २०७९, बुधबार १३:१३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन हाइड्रोपावर लिमिटेडको शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको १०० रुपैयाँ दरका कुल ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ९९ रुपैयाँ ६० पैसा देखि २९८ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा रहि बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । कम्पनीको शेयरलाई नेप्सेले एएचएल कारोबार संकेत प्रदान गरेको छ ।