नाडेप लघुवित्तका सिइओ उपेन्द्र बहादुर कार्कीले कति बुझे तलब भत्ता ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सो सभा आज नौबिसो एग्रो रिर्सोट, धादिङ्गमा सम्पन्न भएको हो ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । पारित प्रतिवेदनअनुसार संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपेन्द्र बहादुर कार्कीले कुल वार्षिक तलब भत्ता गरी ३३ लाख १६ हजार ४२२ रुपैयाँ बुझेका छन् ।
कार्कीले वार्षिक तलब भत्ता वापत १९ लाख २० हजार रुपैयाँ, कुल वार्षिक भत्ता स्वरुप २ लाख ८२ हजार रुपैयाँ, संचय कोष थप गरी १ लाख ९२ हजार रुपैयाँ, दशैं खर्च स्वरुप एक लाख ६० हजार रुपैयाँ, औषधी उपचार खर्च स्वरुप १ लाख ६० हजार रुपैयाँ र अघिल्लो आवको बोनस स्वरुप ५ लाख ९२ हजार ७२२ रुपैयाँ र बिदा वापतको रकम ९ हजार ७ सय रुपैयाँ गरी कुल ३३ लाख रुपैयाँमाथि बुझेका हुन् ।