सानिमा लाइफ र रिलायन्स लाइफको भोलिदेखि शेयर कारोबार रोक्का रहने

८ चैत्र २०७९, बुधबार १०:५२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (चैत ९) गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

यी दुवै कम्पनीबीच एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सहमति भई भोलिदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

सानिमा लाइफको चैत ५ गते र रिलायन्स लाइफको चैत ६ गते बसेको संयुक्त मर्जर समितिको बैठकको निर्णय र नेपाल बीमा प्राधिकरणको स्वीकृति बमोजिम चैत ९ गतेदेखि ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट, रजिष्टार्थ कार्यालय का.म.ना.पा १० नयाँ बानेश्वरमा रहने गरी एकीकृत कारोबार संचालन गर्न लागेको हो ।

साथै नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ को निर्देशन ९(२) अनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि निर्देशन ९ (३) बमोजिम दुवै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*