युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

८ चैत्र २०७९, बुधबार १०:३२

काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावरको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १ अर्ब १५ करोडको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित उक्त लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि चैत ९ गते एक दिन बुक क्लोज गर्ने भएसँगै चैत ८ गतेसम्म कम्पनीको लाभांशका लागि शेयर कायम गर्नुपर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*