अभियान लघुवित्तले लाभांश नबाँड्ने
८ चैत्र २०७९, बुधबार १०:१५
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको हो ।
कम्पनीको चैत ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ मा आर्जन गरेको संचित मुनाफाबाट शेयरधनीहरुलाई कु्नै खालको लाभांश तिवरण नगर्ने भएको हो ।