दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
७ चैत्र २०७९, मंगलवार १०:३४
काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निमित्त निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १० लाख ७२ हजार ९७२ कित्ता शेयरको १० प्रतिशत शेयर अर्थात् १ लाख ७ हजार २९८ कित्ता शेयर निष्काशन गरेकोमा उक्त शेयर बाँडफाँड गरेको हो ।
फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म बिक्री खुल्ला गरेकोमा सो अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई चैत ६ गते बाँडफाँड गरेको हो ।
आइपीओ बाँडफाँड सम्बन्धी विवरण बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट https://www.nicasiacapital.com/ अर्थात् सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।