नेप्सेमा थप दुई विकास बैंकको बोनस शेयर सूचीकृत, कुनको कति ?

६ चैत्र २०७९, सोमबार १६:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको आ–आफ्नै वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत दरका कुल ५० लाख २८ हजार ७४१ कित्ता र लुम्बिनी विकास बैंकको ३ प्रतिशत दरका कुल ९ लाख ८५ हजार २८७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*