आइएमई लाइफमा ढकाल परिवारको सबैभन्दा बढी शेयर स्वामित्व, अन्य शेयरधनीको कति ?

६ चैत्र २०७९, सोमबार १४:०५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० पुगेको छ ।

एक प्रतिशत वा सो भन्दा बढी शेयर धारण गरेका २० जना शेयरधनीहरुको कम्पनीमा कुल ८१.०५ प्रतिशत शेयर स्वामित्व रहेको छ । जसमध्ये सबैभन्दा बढी चन्द्र प्रसाद ढकाल र हेम राज ढकालको १६.१६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल र ग्रुपका महाप्रबन्धक हेमराज ढकालको कम्पनीमा २२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको शेयर स्वामित्वमा रहेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको पनि आइएमई लाइफमा १४.२९ प्रतिशत शेयर स्वामित्वमा रहेको छ । बैंकको कुल २० करोड रुपैयाँ बराबरको शेयर स्वामित्वमा रहेको छ । त्यस्तै, आइएमई लिमिटेडको ४.२९ प्रतिशत र एशियन डिष्टिब्युटर्सको ३.५७% र मिन बहादुर गुरुङ्गको ३.३२ प्रतिशत शेयर रहेको छ ।

यसका साथै २ प्रतिशतको हाराहारीमा शेयर स्वामित्व रहेका शेयरधनीहरुमा एकस मनी ट्रान्सफर, विष्णु कुमार अग्रवाल, डिडि इन्भेष्टमेन्ट र नवराज नेपाल रहेको छ । यसबाहेक अन्य शेयरधनीहरुको १ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*