नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

६ चैत्र २०७९, सोमबार १३:०८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा आज सुपरमाई हाइड्रोपावर र माया खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।

सुपरमाई हाइड्रोपावरको आइपीओ आज ‘एसएमएच’ सिम्बोल र माया खोला हाइड्रोपावरको आइपीओ ‘एमकेएचसी’ सिम्बोलबाट सूचीकृत भएको हो ।

सुपरमाई हाइड्रोपावरको आइपीओ अंकित मूल्य १०० रुपैयाँ दरका कुल ५० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । त्यस्तै, माया खोला हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल एक करोड कित्ता आइपीओ सूचीकृत भएको हो ।

सुपरमाई हाइड्रोपावरको आइपीओले पहिलो कारोबारका लागि १३० रुपैयाँ ७६ पैसादेखि अधिकतम ३९२ रुपैयाँ २८ पैसा ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । त्यस्तै, माया खोला हाइड्रोपावरको आइपीओले पहिलो कारोबारको लागि ८८ रुपैयाँ ५३ पैसादेखि अधिकतम २६५ रुपैयाँ ५९ पैसा पाउने देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*