राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्ण प्रसाद शर्मा चयन

६ चैत्र २०७९, सोमबार १२:५७

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा कृष्ण प्रसाद शर्मा चयन भएका छन् ।

अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार शर्मालाई राष्ट्रिय बीमा कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने व्यवस्था भएबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि संचालक समितिमा चयन गरिएको हो ।

साथै शर्माले फागुन ३० मा कम्पनीको संचालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कम्पनीको संचालक समितिको सदस्यको रुपमा पद बहाली गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*