एनआइसी एशिया बैंकले ३४ वटा जग्गा लिलाम गर्दै
६ चैत्र २०७९, सोमबार ११:५६
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पति बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्नो नाममा दर्ता भएको स्थिर सम्पति लिलाम गर्न गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।
बैंकले आफ्नो नाममा दर्ता कायम रहेको नेपालगञ्ज, रौतहट, लेखनाथ कास्की, कपिलवस्तु, बर्दिया, नवलपरासी, मोरङ, ताप्लेजुङ लगायतको सम्पति लिलामीमा ल्याएको छ । बैंकले देशभरीबाट जम्मा ३४ वटा स्थिर सम्पति बिक्रीमा ल्याएको छ ।
बैंकको स्थिर सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, फर्म वा कम्पनीले सूचना प्रकाशित मितिले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कर्जा अशुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।