सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
६ चैत्र २०७९, सोमबार ११:१०
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको टाँडी शाखाले स्व.बीमितकी श्रीमतिलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले खैरहनी नगरपालिका वडा नं. ९ का बीमित स्व.सन्तोष महतोकी श्रीमति दुर्गा महतोलाई बीमा दाबी वापतको रकम प्रदान गरेको हो ।
टाँडी शाखाका शाखा प्रमुख अनिलकुमार बुढाथोकीले दुर्गालाई बीमा वापतको रकम १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । मृतकको हकवाला व्यक्तिको आधारमा स्व. बीमित सन्तोषकी श्रीमतिलाई बीमा दाबी वापतको रकम प्रदान गरेको शाखा प्रमुख बुढाथोकीले बताए ।