आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, यी प्रस्तावहरु पारित हुने

६ चैत्र २०७९, सोमबार १०:३९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधराण सभा आज (फागुन ६) गते बस्दैछ । कम्पनीको छैठौं सभा लैनचौर बैंक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभामा सर्वसाधारणलाई छुट्याईएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनीको संचालक समितिमा स्वतन्त्र संचालक नियुक्त गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

यसका साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेत सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*