रुरु जलविद्युतले कर्णाली वाटरको सहकार्यमा दुईवटा आयोजनाको सर्वेक्षण गरी लगानी गर्ने
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर प्रा.लि.का बीचमा आपसी सहमति र सहकार्यमा नयाँ परियोजनाहरुको अध्ययन गरी लगानी गर्ने छलफल भएको छ ।
कम्पनीको जलविद्युत आयोजनाहरुमा पनि लगानी गर्ने नीति रहेअनुसार कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले नयाँ परियोजनाहरुको अध्ययन गरी लगानी गर्ने निर्णय गरेको हो ।
हाल सिचुवान वाङ्गपिङ्ग इनर्जी साइन्स एण्ड टेक्नोलोजी कम्पनी लिमिटेड, छेङ्दु चिनको नाममा दर्ता कायम गरेको हुम्ला कर्णाली–१ जलविद्युत आयोजना २३५ मेगावाट र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना ३३५ मे.वा. हुम्लाको सर्वेक्षण अनुमतिपत्र रुरु जलविद्युत परियोजनाको नाममा नामसारी गर्ने निर्णय भएको हो ।
कम्पनीको संचालक समितिको बैठकले यी दुईवटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र रुरु जलविद्युत परियोजनाको नाममा नामसारी गर्नका लागि संलग्न सम्झौतापत्र अनुसार कम्पनी र कर्णाली वाटरबीच सम्झौता गर्ने निर्णय भएको हो ।