ओरियन्टल इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

५ चैत्र २०७९, आईतवार १५:००

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपत्यका भन्दा बाहिरको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले काठमाडौं उपत्यकाभन्दा बाहिर एसोसिएट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदबारले कम्पनीको वेवसाइट  https://www.orientalinsurance.com.np/ मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*