पेशागत बीमा अभिकर्ता संघ नेपाल एशियन लाइफ बिमक समिति गठन
५ चैत्र २०७९, आईतवार १३:०४
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पेशागत अभिकर्ता संघ नेपाल बिमक समिति गठन भएको छ । रूपन्देहीको बुटवल स्थित होटल बुटवल भ्युमा चैत ३ र ४ गते कम्पनीको अभिकर्ता संघको दोस्रो महाधिवेशन सम्पन्न भएको हो ।
कम्पनीको अभिकर्ता संघको दोस्रो महाधिवेशनले दामोदर लामिछानेको अध्यक्षतामा १३ सदस्य केन्द्रीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको छ । अध्यक्षमा दामोदर लामिछाने सहित उपाध्यक्षमा सिता भण्डारी र सन्त लाल राई चयन भएका छन् ।
त्यस्तै, महासचिवमा राजु साह कानु, सहसचिवमा कर्म बहादुर हमाल, कोषाध्यक्षमा गोविन्द पन्त निर्वाचित भएका छन् । सदस्यहरुमा बद्री भट्टराई, अशोक थापा, उमानन्द राजवंसी, पुष्पा अधिकारी, श्रीधर घिमिरे, खुमा बुढामगर, मनिष अग्रवाललाई सर्वसम्मतीले चयन गरेको छ ।