सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७८।२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरण बाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
सार्वजनिक बोनसदरअनुसार कम्पनीको ६ वटा जीवन बीमा पोलिसीहरुमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम निर्धारण गरिएको छ ।
कम्पनीले अग्रिम भुक्तानी बीमालेखअन्तर्गत न्यूनतम प्रतिहजार ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, बोनसदर कायम गरेको छ ।
साथै कम्पनीको सावधिक (रेगुलर)जीवन बीमालेखअन्तर्गत न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । जसमा बीमितहरुले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर पाउने छन् । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
साथै इन्स्योरेन्सले सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावाधिक बीमालेखअन्तर्गत न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
यता सिटिजन बाल भविष्य योजना(सावाधिक बीमालेख) अन्तर्गत भने कम्पनीले न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत बीमितहरुले १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर पाउनेछन् ।
त्यस्तै, वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । जसमा ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ ।
साथै सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना)अन्तर्गत कम्पनीले न्यूनतम ३७ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ० देखि ९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६० रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।