मानुषी र श्रृजनशील लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता

३ चैत्र २०७९, शुक्रबार १०:५२

काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जाने प्रारम्भिक सम्झौता भएको छ । यी दुवै संस्थाबीच चैत २ गते एकआपसमा गाभ्ने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

दुवै संस्थाका संचालक समितिका अध्यक्षहरुले आ–आफ्ना संचालक तथा प्रतिनिधिहरुको रोहबरमा मानुषी लुघवित्त र श्रृजनशील लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी बैंक, तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ अन्तर्गत रही दुवै संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*