बाराही हाइड्रोपावरको सातौं साधारण सभा चैत २७ मा, कहिले हुदैछ बुकक्लोज ?
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत २७ गते, अन्नपुर्ण फुडल्याण्ड, काठमाडौंमा विहान ११ बजे बस्ने भएको हो ।
सभाले आर्थिक वर्षको वित्तिय विवरणमा आधारित प्रतिवेदन पारित गर्ने छ । साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आवको नाफा नोक्सान हिसाब विवरण र सम्बन्धित अनुसूचिहरु पारित गर्ने प्रस्ताव रहेको छ ।
सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीको नियम २७ (२) र नियम २८ संशोधन गर्ने रहेको छ । सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र उस्को पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १३ गतेका दिन बुक क्लोज गर्ने भएकोले गर्दा चैत १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन पाउन्छन् ।