ङादी ग्रुप पावरको नयाँ संचालक समिति गठन, अध्यक्षमा भोगेन्द्र कुमार गुरागाई

३ चैत्र २०७९, शुक्रबार १०:३४

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको गत आव २०७८।७९ को वार्षिक साधारण सभा फागुन २५ गते सम्पन्न भएपश्चात् कम्पनीको नयाँ संचालक समिति गठन भएको हो ।

साधारणसभामार्फत निर्विरोध निर्वाचित भएपश्चात् संचालकहरुको चैत २ गते बसेको संचालक समितिको बैठकबाट ७ जना संचालक समिति गठन भएको हो ।

जसमा संचालक समितिको अध्यक्षमा भोगेन्द्र कुमार गुरागाई, प्रबन्ध संचालकमा रबिन सुवेदी रहेका छन् । त्यस्तै, संचालकहरुमा रिली गुरुङ्ग, सुधाँशु तुलस्यान, रञ्जु अधिकारी, सत्य नारायण प्रजापति र स्वतन्त्र संचालकमा लक्ष्मी शोभा गोसाई रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*