तीन लघुवित्तमा नेकपा बहुमतका कार्यकताले लगाए तालाबन्दी
२ चैत्र २०७९, बिहीबार १७:२१
काठमाडौं। आरम्भ चौतरी लघुवित्त, एनआईसी एशिया लघुवित्त र राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरेको छ।
नेकपा (बहुमत)का कार्यकर्ताले आधा दर्जन लघुवित्तहरुको तालाबन्दी गरेका छन् । दलित, गरिब, उत्पिडित महिला दिदीबहिनीहरुलाई चर्को मिटर ब्याज र अनावश्यक हर्जाना असुर गरेर दुःख दिएको भन्दै पार्टीका कार्यकर्ताले लघुवित्तमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका क्रममा उनीहरुले लघुवित्तमा तालाबन्दी गर्नुको कारणसहितको ब्यानरसमेत टाँसेका थिए ।
राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरिएको छ । बुधबार नेकपा (बहुमत)का कार्यकर्ताले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको राष्ट्र उत्थान लघुवित्तको कार्यालयमा तालाबन्दी गरेका हुन् । पार्टीका कार्यकर्ताले तालाबन्दी गर्दै ‘‘.लघुवित्तमा तालाबन्दी किन ?’ भन्ने ब्यानरसमेत टाँसेका थिए ।