तीन बीमा कम्पनीले ३ करोड ३६ लाख कित्ता प्रिमियममा आइपीओ जारी गर्दै, प्रतिकित्ता आइपीओ मूल्य कति ?

२ चैत्र २०७९, बिहीबार १२:२९

काठमाडौं । हाल संचालनमा रहेका चार बीमा कम्पनीहरुले प्रिमियममा आइपीओ निष्काशन गर्न प्राधिकरणले अनुमति दिईसकेका छन् । जसमध्ये तीन कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ।
हाल रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र आइएमई लाइफले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । रिलायबल नेपालले प्रिमियम सहित २१२ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता, सन नेपाल लाइफले २५०.५५ रुपैयाँको दरमा ९० लाख कित्ता, आइएमई लाइफले २७६ को दरमा एक करोड २० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यी तीन बीमा कम्पनीले ३ करोड ३६ लाख कित्ता आइपीओ बराबरको ८ अर्ब २६ करोड रुपैयाँ बराबरको प्रिमियममा आइपीओ निष्काशन गर्न लागेको हो ।
प्रिमियम मूल्यमा आईपिओमा निष्काशनको अनुमति माग गर्दै यी तीन कम्पनी पुगेको छ ।

त्यस्तै, प्रिमियममा आईपिओ निष्काशनको अनुमति माग गर्दै सात कम्पनीले निवेदन दिएको छ। जसमध्ये तीन बीमा कम्पनी, २ वटा सिमेन्ट कम्पनी, र २ वटा हाइड्रो कम्पनी रहेका छन् । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आईपिओ निष्काशन गर्ने छन् ।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७६ रुपैयाँमा शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रति कित्ता २७६ रुपैयाँमा शेयर निष्काशन गर्दा ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ संकलन गर्ने छ
कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न बोर्डमा फागुन २८ गते आवेदन दिएको हो ।

रिलायबल नेपाल लाइफ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ जारी गर्न बोर्डमा आवेदन दिएको छ।
कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न असोज १३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम मूल्य थप गरेर प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।
कम्पनीले ९६ लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न फागुन १७ गते बोर्डमा आवेदन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*