प्राइम लाइफले शेयर संरचना परिमार्जन गर्दै, अब संस्थापक र सर्वसाधारणको हिस्सा कति ?
काठमाण्डौं । प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा रहेको संस्थापक र सर्वसाधारणको शेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारणको ६०ः४० को शेयर अनुपात रहेको छ । त्यसलाई ५१.४९ शेयर अनुपात कायम गर्न कम्पनीले शेयर संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
उक्त प्रक्रिया अगाडि बढाउनको लागि कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिइसकेको छ भने १५ औँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ ।
अब आफ्नो शेयर सर्वसाधारणमा परिणत गर्न नचाहेमा वा इच्छा नभएमा ७ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ ।
तोकिएको अवधिभित्रमा सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धित लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम माथि उल्लेखित तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।