दुई वाणिज्य बैंकमा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । दुईवटा वाणिज्य बैंकले रोजगारको अवसर खुलाएको छ । नेपाल एसबिआई बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको हो ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले हायर लेभल म्यानेजरियल पोजिसन र मिडल लेभल म्यानेजरियल पोजिशनको लागि कर्मचारी माग गरेको हो । सो पदहरुका लागि बैंकले स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १५ गतेसम्म कम्पनीले उपलब्ध गराएको वेबसाइट https://rollingnexus.com/NSBL मार्फत दरखास्त दिन सक्नेछन् ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले हेड इन्फरमेशन टेक्नोलोजी (आइटी)का लागि एकजना डेपुटी म्यानेजर माग गरेको छ । बैंकले काठमाडौंका लागि कर्मचारी माग गरेको हो ।
सो पदका लागि बैंकले कम्प्युटर इन्जिनियरिङमा न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १५ गतेसम्म बैंकको वेबसाइट https://www.siddharthabank.com/career/ मार्फत दरखास्त दिन सक्नेछन् ।