सूर्यज्योति लाइफले लाभांश वितरण नगर्ने

२ चैत्र २०७९, बिहीबार १०:२२

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

कम्पनीको चैत १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा दुबै कम्पनीमा वितरणयोग्य मुनाफा भएपनि हाल लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सो मुनाफाबाट जगेडा कोषमा राखिने इन्स्योरेन्सले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*