शेयरबजारमा दोहोरो अंकको गिरावट, व्यापार उपसूचक बढ्दा माइक्रोफाइनान्स इन्डेक्स सर्वाधिक घट्यो

१ चैत्र २०७९, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ ।

नेप्सेमा रहेका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ब्यापार उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् । ब्यापार इन्डेक्स ०.५१ प्रतिशतले बढेको छ भने सर्वाधिक माइक्रोफाइनान्स उपसूचक १.८६ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*