नेरुडे लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ?
१ चैत्र २०७९, बुधबार १४:३८
काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले संशोधित ब्याजदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकको दबाबसँगै लघुवित्तले कर्जा र निक्षेप तर्फको ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
सार्वजनिक ब्याजदर अनुसार लघुवित्तले कर्जा तर्फ अधिकतम १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस अघि लघुवित्तले अधिकतम २० प्रतिशत सम्म ब्याजदर लिने गरेको थियो । त्यस्तै,लघुवित्तले बचत तफ न्युनतम ७ दशमलव ५ प्रतिशत र अधिकतम १० प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै लघुवित्तले सेवा शुल्क लगानी रकमको १ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ । संस्थाले यस अघि लगानीमा २ प्रतिशत सम्म सेवा शुल्क लिदै आइरहेको थियो ।