पाँचथर पावर कम्पनीका संचालक पुष्पज्योती ढुङ्गानाद्वारा राजिनामा
१ चैत्र २०७९, बुधबार १४:१८
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडका संचालक पुष्पज्योती ढुङ्गानाले राजिनामा दिएका छन् ।
उनले आफ्नो व्यस्तताको कारण देखाई प्रबन्ध संचालक पदबाट दिएको राजिनामा कम्पनीको फागुन २७ गते बसेको संचालक समितिले उनको राजिनामा चैत १ गतेदेखि लागूहुनेगरी स्वीकृत गरेको हो ।
साथै रिक्त रहेको संचालकमा कम्पनीका शेयरधनी हिमा तिमल्सिनालाई आगामी बाँकी कार्यकालको लागि संचालक सदस्यमा मनोनयन गर्न समेत निर्णय गरेको छ ।