लघुवित्त वित्तीय संस्थाबाट ऋण लिने ऋणीको संख्या साढे ३२ लाख पुग्यो

१ चैत्र २०७९, बुधबार ०७:५८

काठमाडौं । पुस मसान्तसम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिने ऋणीको संख्या ३२ लाख ६० हजार पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको गैर(स्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यो वर्ष लघुवित्तका ऋणीको संख्या १।३० प्रतिशत ले घटेको हो । अघिल्लो वर्षको यसैअवधिमा लघुवित्तका ऋणीको संख्या ३१ लाख ७१ हजार थियो ।

एक वर्षको अवधिमा ऋणीको संख्या घटेपनि लघुवित्तका सदस्यहरुको संख्या भने २।१९ पशत्रतिले बढेर ५९ लाख ८८ हजार पुगेको छ । यता, लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७।४४ प्रतिशत ले बढेकोमा यस आर्थिक बर्षको दोस्रो त्रयमासमा भने ०।३४ प्रतिशत ले मात्रै वृद्वि भएको तथ्यांकले देखाएको छ ।

देशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७९ पुस मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको संख्या कुल शाखा संख्याको २३ प्रतिशत अर्थात् १ हजार १५५ शाखा रहेको छ । पहुँचका हिसावले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ । उक्त प्रदेशमा कुल शाखा संख्याको ४ प्रतिशत मात्रै शाखाहरु अर्थात् २३० शाखा रहेका छन् । पुस मसान्तसम्म लघुवित्तका ५० लाख ७९ हजार शाखा छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*