प्रधानमन्त्री प्रचण्डले ब्याजदर एकल बिन्दुमा झार्न निर्देशन दिएकाे खुलासा

३० फाल्गुन २०७९, मंगलवार १३:५५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्याजदर घटाएर एकल बिन्दुमा झार्न निर्देशन दिएकाे खुलासा गरेका छन् । तर, प्रम प्रचण्डकाे निर्देशन अनुसार राष्ट्र बैंकले ब्याजदर भने घटाएकाे छैन ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ लगायतका केन्द्रीय महासङ्घहरूसँग आबद्ध भएका नभएका देशभर वस्तुगतसँगहरु आन्दोलनमा होमिएको उनको भनाइ छ । यातायात व्यवसायी सङ्घ, महासङ्घ, अटो व्यवसायी, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, पर्यटन व्यवसायीहरू नाट्टाका प्रतिनिधि समेतको १२५ व्यवसायी सङ्घ/सङ्गठनहरू आन्दोलनमा सहभागी भएका छन्।

प्रधानमन्त्री प्रचण्डले आज नेपाल चीन इन्भेष्टमेन्ट एण्ड बिजनेश फाेरमलाई सम्बाेधन गर्दै ब्याजदर एकल बिन्दुमा झार्न निर्देशन दिएकाे खुलासा गरेका हुन् । प्रम प्रचण्डले कहिले उस्ताे निर्देशन दिएकाे भनेर केही नबताए पनि ब्याजदर अब नघटाइ नहुने दाेहाेर्याए । वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक सङ्कटमा परिहाल्ने हो कि? त्यसले सिङ्गो देशको स्वाधीनता र अस्तित्व सङ्कटमा पर्ने हो कि? भन्नेजस्तो परिस्थिति विद्यमान थियो।”भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममा बताएका थिए ।

“तर बाह्य क्षेत्र सन्तुलनमा राख्न तत्कालीन अवस्थामा सरकारले लिएका नीतिहरूका कारणले गर्दा त्यस्तो सङ्कटको सम्भावना टरेको छ।” प्रम  प्रचण्डले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको देखाउने दाबी गरे।

चीनियाँ फाेरममा प्रचण्डले देशबाकाे बाह्य क्षेत्रमा सन्तुलन राख्नका निम्ति विगतमा सरकारले कसिलो मौद्रिक नीति लिन जरूरी रहेकाे बताए । तर अहिले त्यो सङ्कट टरिसकेको छ। देशको वर्तमान आर्थिक अवस्थाबारे भूमिका बाँधेर प्रधानमन्त्री दाहालले भने, “कसिलो मौद्रिक नीतिले ब्याङ्कको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेतर्फ मैले नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको छु।”

“मुद्रास्फीति नियन्त्रणभित्रै छ। नेपाल ब्याङ्कर्स सङ्घले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको छ।”

राष्ट्र बैंकले उक्त निर्देशन कार्यान्वयन नहुँदा देशभरबाट ७० भन्दा बढी जिल्लाका उद्योग व्यवसायी, मजदुरहरू बैङ्क विरुद्धको आन्दोलनमा बालुवाटारमा जम्मा भएर नारा लगाईरहेका छन् । व्यवसायीहरूमाथि चर्को ब्याज असुलेको, कर्जामा ठुलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै व्यवसायीहरू बैङ्क विरुद्ध सडक सङ्घर्षमा उत्रिएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*