मर्जरले बीमा कम्पनीहरूकाे क्षमता बृद्दि गर्याे, अब कर्मचारीकाे दक्षता अभिबृद्दि गर्नुपर्छः अध्यक्ष सिलवाल

२९ फाल्गुन २०७९, सोमबार १९:१७

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत ११ महिनाअघि सुरू गरेकाे मर्जर अभियान सफल भएकाे बताउँदै मर्जरले बीमा कम्पनीहरूकाे क्षमता अभिबृद्दि गरेकाे बताएका छन् । अध्यक्ष सिलवालले कम्पनीहरू ठूला भइसकेकाेले अब कर्मचारीहरूकाे क्षमता अभिबृद्दि गर्न कम्पनीलाई निर्देशन दिएका छन् ।

आजदेखि एकीकृत काराेबार गरेकाे सगरमाथा लुम्विनी इन्स्याेन्स कम्पनीकाे कार्यक्रमलाई सम्बाेधन गर्दै  अध्यक्ष  सिलवालले बीमा क्षेत्रमा फाेर्सफूल मर्जर गरिएकाे बताए । अध्यक्ष सिलवालले मर्जरबारे भावी सन्ततीले भविष्यमा राम्राे काम गरेकाे भनेर पक्कै सम्झने बताए । उनले क्षमता अभिबृद्दिकाे बाटाे खुलेकाे समेत बताएका छन् ।

अध्यक्ष सिलवालले भने ‘पुजिबृद्दि समयकाे आवश्यकता हाे । सशक्त कम्पनीहरू बन्लान भनेर मर्जर गरिएकाे हाे । नियामकले जथाभावी निर्णय गर्दैन । बिश्लेषण गरेर नै नयाँ निर्णयहरू गरेका छाैं ।’

अध्यक्ष सिलवालले बीमाकाे दावी भुक्तानी छिटाे र छरिताे गर्न आह्ववान  ३० हजार रूपैया क्लेम लिन शाखाबाट नहुने अवस्था अन्त्य हुनुपर्ने समेत बताए। ‘जति बढि क्लेम तिर्नुहुन्छ उति बढि व्यवसाय बढ्छ । जुन कम्पनीले जुन पाेर्टफाेलियाेकाे क्लेम दिदैन अब पाेर्टफाेलियाे राेक्छाैं’ अध्यक्ष सिलवालले भने ।

एकीकृत कम्पनी सगरमाथा लुम्विनी इन्स्याेरेन्स कम्पनीका अध्यक्ष मनाेहरदास मुलले क्षेत्रकाे दीगाे बिकासमा मर्जरकाे विशेष भूमिका रहेकाे बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*