बिवाइडीद्वारा ३ युनिट अल न्यू इ६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण

२९ फाल्गुन २०७९, सोमबार १७:३९

काठमाडौं । बिवाइडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रा. लि. ले ३ युनिट All – New e6 गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ ।

बिवाइडी इलेक्ट्रिक सवारी साधनहरुको अग्रणी कम्पनीको रुपमा रहेको छ र कम्पनीले विश्वभरि ३० लाख न्यु इनर्जी भेकलको बिक्री गरिसकेको छ । नेपाल आयल निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरुप नै All – New e6 को खरिद प्रक्रिया अगाडी बढेको हो । शुन्य उत्सर्जन र कम संचालन खर्च रहेका द्दट सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरण मैत्री रहेका छन् ।

नेपाल आयल निगमका प्रोजेक्ट र आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सूरज शाहका अनुसार “दिगोपनाको लागि प्रतिबद्धता अनुरुप इलेक्ट्रिक सवारी साधनहरुमा गरिएको लगानीमा हामीलाई गर्व लागेको छ । हामी विश्वस्त छौं कि इलेक्ट्रिक सवारी साधनहरु यातायातको भविष्य हुन् र आउने दिनहरूमा हाम्रा सवारी साधनहरुलाई इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरहरुको खोजीमा छौं ।

साइमेक्स इन्क प्रा. लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार “ BYD का EVS नेपाल आयल निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतिय सवारी साधनलाई प्रोत्साहन गर्न महत्वपूर्ण कदमको रुपमा लिन सकिन्छ । हामीलाई आशा छ कि यो सहकार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनहरुको व्यापक प्रयोगको लागि उत्प्रेरकको रुपमा काम गर्नेछ र हरित, सफा भविष्यको लागि योगदान दिनेछ ।

All – New e6 नेपालमा सबैभन्दा लामो रेन्ज भएको इभी हो जसको सिंगल चार्जमा ५२२ कि.मि. सम्म यात्रा गर्न सकिन्छ । यसमा स्टेट अफ द आर्ट ब्लेड ब्याट्री टेक्नोलोजी रहेको छ जसले सुरक्षा, भरपर्दो, परफरमेन्स र पावर डेन्सिटीमा नयाँ बेन्चमार्क सेट गरेको छ । All – New e6 विश्वको पहिलो इलेक्ट्रिक सवारी साधन हो जसमा Bosch कम्पनी को आइपीबी इन्टीलिजेन्ट इन्टिग्रेटेड ब्रेक कन्ट्रोल सिस्टम जडित गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*