पूजा गरेर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु, यस्तो बन्यो नयाँ कार्य समिति

२९ फाल्गुन २०७९, सोमबार १६:०५

काठमाडौं । भव्य पुजाआजका बीचमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.को एकीकृत कारोवार आज विहानबाट सुरु भएको छ ।

औपचारिक कार्यक्रम आज साँझ आयोजना गरिएको छ । विहान बीमा समितिमा पुगेर अध्यक्ष मनोहरदास मुलले शपथग्रहण गरेका थिए । त्यस लगत्तै पूजा आजा गरेर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको तर्फबाट पहिलो बीमा पोलिसी काटिएको कम्पनीले जनाएको छ ।

 

आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी नयाँ सञ्चालक समिति गठन गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नयाँ सञ्चालक समिति
साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाटः
१) अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका)
२) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह)
३) गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह)
साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाटः
४) मनोहर दास मुल, (संस्थापक समूह) अध्यक्ष
५) अरुण राज श्रेष्ठ, (संस्थापक समूह)
६) कमल भटृराई, (सर्बसाधारण समूह)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*