भटाभट बैंक डुब्न थालेपछि अमेरिकामा तनाव, राष्ट्रपति जोई बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै

२९ फाल्गुन २०७९, सोमबार १५:३७

काठमाडौ । भटाभट बैंक डुब्न थालेपछि अमेरिकामा तनावमा उत्पन्न भएको छ । सिलिकन भ्याली बैंक डुबेको तीनदिनभित्रैमा अर्को बैंक सिग्नेचर बैंक पनि डुबेपछि अमेरिकी जनता र व्यापारी बर्गमा तनाव उत्पन्न भएको छ ।

कूल ३३ करोड १९ लाख जनसंख्या भएको अमेरिकामा विदेशी नागरिकहरु पनि लाखौं बस्दै आएका छन् । भटाभट बैंक डुब्ने थालेपछि सर्वसाधारण त्रसित हुन थालेका छन् ।

तीन दिनभित्रैमा दोस्रो बैंक टाट उल्टिए पछि अमेरिकी राष्ट्रपति जोई बाइडेनले आज राष्ट्रको नाममा सम्बोधन गर्न लागेको अमेरिकी सञ्चार माध्यम सिएनएनलले जनाएको छ । अमेरिकी राष्ट्रपति जोई बाइडेनले अमेरिकामा डुबेको सिलिकन भ्याली बैंकको अवस्थाबारे आफूले जिम्मेवारी लिने ट्वीटरमार्फत जनाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*