आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२९ फाल्गुन २०७९, सोमबार १५:१२
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजार ओरालो लागेतासँगै खप्तड लघुवित्तको शेयर मूल्य ७ दशमलव ६२ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले घटेको छ ।
त्यस्तै, आदर्श लघुवित्त, हिमालय बैंक लिमिटेड, नाडेप लघुवित्त, विन नेपाल लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।