विकास बैंकहरुले पनि घटाए ब्याजदर
२९ फाल्गुन २०७९, सोमबार १५:११
काठमाडौं । विकास बैंकले आजको बैठकले बैंकको ब्याजदर घटाउने निर्णय गरेको छ । बाणिज्य बैंकहरुले यस अघि नै ब्याजदर घटाईसेको छ। ऋणीहरुको चर्को आलोचनापछि बैंकहरुले ब्याजदर घटाउदै लगेको छ ।
विकास बैंकहरुको छाता सङ्गठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको आज बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ। अहिले विकास बैंकहरुको निक्षेपको ०।१५ पैसासम्म ब्याजदर घटाएको जनाएको छ ।
यसअघि नेपाल बैंकर्स संघ(एनबीए)ले साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने निर्णय गरेको थियो ।