आधुनिक पाठ्यक्रमसहित समग्र विद्यालयलाई प्याकेजमा स्तरोउन्नती गर्छौ: प्रधानमन्त्री प्रचण्ड

२९ फाल्गुन २०७९, सोमबार १२:३३

काठमाडौं । प्रधानमन्त्री पुुष्प कमल दहाल ‘प्रचण्ड’ ले देशमा रहेका सम्पुर्ण सामुदायिक विद्यालयलाई एउटा प्याकेज तयार गरेर स्तरोउन्नती गर्ने बताएका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको पद्मोदय माध्यमिक विद्यालयको हिरक दिवस तथा बार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विद्यालयको पाठ्यक्रमलाई आधुनिक र समय सापेक्ष बनाएर समग्र विद्यालयमा सुधार कार्यक्रम लागू गरिने बताएका छन् । उनले सम्पुर्ण सामुदायिक विद्यालयको विकासको लागि सरकार प्रतिवद्ध रहेको र शिक्षाको समग्र विकासको लागि आफु सधै सकरात्मक रहेका बताएका छन् ।

‘शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पद्यमोदय माध्यमिक विद्यालयलाई प्राविधिमूलक विकासमा अगाडि बढाउन आवश्यक पर्ने पुर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको छ’ उनले भने ।

साथै, विद्यालयको हिरक तथा वार्षिक उत्सव समारोहमा आम जनता, पुर्व विद्यार्थि, अभिभावक लगायत विभिन्न उच्च पदस्त अधिकारीको उपस्थिति रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*