सिवाइसी नेपाल र आाँधिखोला लघुवित्तको एकीकृत कारोबार भोलिदेखि हुँदै, दुवैको शेयर कारोबार रोक्का रहने

२९ फाल्गुन २०७९, सोमबार १०:२९

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (फागुन ३०) गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । सो प्रयोजनका लागि यी दुवै संस्थाले नेप्सेसमक्ष शेयर कारोबार राख्न अनुरोध गरेको छ ।

सिवाइसी नेपाल र आँधिखोला लघुवित्तबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) पश्चात् सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएको हो ।

साथै धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका बमोजिम यी दुवै संस्थाले नेप्सेसमक्ष शेयर कारोबार रोक्का राख्न अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*