दुई लघुवित्तको बार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

२९ फाल्गुन २०७९, सोमबार ०७:३९

काठमाडौं । दुई लघुवित्त संस्थाको साधारण सभा आज बस्दैछ । दुवै संस्थाले सो सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव पेश गर्नेछन् ।

सिभिल लघुवित्त

सिभिल लघुवित्तको ११औं वार्षिक साधारण सभा आज बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।५७८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

यसका साथै हाल कायम रहेको पुँजी संरचनामा संस्थापक शेयरधनीको तर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको तर्फ ४० प्रतिशत स्वामित्व रहेकोमो सो शेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको तर्फ ४९ प्रतिशत कायम गर्ने र संचालक समितिमा शेयर स्वामित्व अनुरुप प्रतिनिधित्व हुनेगरी व्यवस्था गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने र स्वतन्त्र संचालक नियुक्त गरिएको जानकारी गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन १४ गते नै बुकक्लोज गरिसकेको छ । यसर्थ फागुन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

लक्ष्मी लघुवित्त

लक्ष्मी लघुवित्तको ११ औँ वार्षिक साधारणसभा आज काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुँदैछ । ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० छन् । बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी पनि वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७२ बमोजिम संस्थामा रहेको लक्ष्मी बैंकको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिणत गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले अन्य उपयुक्त लघुवित्त संस्था आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन १७ गते बुकक्लोज गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*