नेप्सेद्वारा दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

२८ फाल्गुन २०७९, आईतवार १६:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एक आपसमा गाभिई भोलि (फागुन २९) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

नेप्सेमा सूचीकृत यी दुई कम्पनीहरुको फागुन २८ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एक आपसमा गाभ्ने।गाभिने कार्य सम्पन्न भई फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी दुवै संस्थाको शेयर फागुन २९ गतेबाट लागू हुनेगरी रोक्का गरेकोहो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*